बिश्व रक्तदान दिवसको अवसरमा बहुदरमाई नगरपालिका वडा नं. ७ को अस्थायी वार्ड कार्यलयमा रक्तदान कार्यक्रम सम्पन्न

  • ४ असार २०७९, शनिबार ०९:२१ मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज – बिश्व रक्तदान दिवसको अवसरमा आज शुक्रबार पर्साको बहुदरमाई नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    बहुदरमाई नगरपालिका वडा नं. ७ को अस्थायी वार्ड कार्यलय तथा सर्वोतम युवा क्लब छपकैयामा आयोजित रक्तदान कार्यक्रममा ५ महिलासहित २६ जनाले रक्तदान गरेका छन । 

    उक्त रक्तदान कार्यक्रममा पुग्नुभएको बहुदरमाई नगरपालिका मेयर सिंगासन सा तेलीले रक्तदान गर्नेहरुलाई रगत जम्मा हुने प्याकेट दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

    कार्यक्रमलाई शुभारम्भ गर्दै मेयर तेलीले रक्तदान जीवनको सबै भन्दा ठुलो दान भएकोले सबैले रक्तदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी बहुदरमाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादेवले प्रत्येक व्यक्तिले तिन तिन महिनामा रक्तदान गर्ने बताउनुभयो ।

    उहाले तपाइहरुको एक एक थोपा रगतले कसैको ज्यान बचाउने बताउनुभयो । उहाले बिना कुनै डरत्रासको रक्तदान गर्नुपर्ने बताउनुभयो ।  

    कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, हरिन्द्र साह, स्थानीय जसपाका नेता महन्थ यादव, स्थानीय तथा उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राबिधिक जितेन्द्र कुशवाहाको टोलीले प्राबिभिक सहयोग गरेको थियो भने कार्यक्रमका सञ्चालान रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले गर्नुभएको थियो  ।
     

    Leave a Reply