
मेघराज राय जिराभवानी, असार
पर्साको जिराभवानी गाउँपालिकाले आज एक कार्यक्रम बिच १९ औं राष्ट्रिय धान दिवस औपचारिक कार्यक्रम गरि मनाएको छ ।
गाँउपालिकाको कृषि शाखाले वडा नम्बर दुईको लाटोमाईको मन्दिरको छेउमा रहेका जमिनमा आज औपचारिक धान रोपाइ कार्यक्रम गरेर दिवस मनाएको हो ।
धान बालीमा जैविक विवधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग “ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मधेस प्रदेशका पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर चार (क)का प्रदेश सान्सद शंकरप्रसाद चौधरीले खेतमा धान रोपेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।
कार्यक्रममा सहभागी किसानहरुका माझ बोल्दै जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले किसानका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।उनले भने ,‘ पालिकाका प्राय सबै जनताको जिउने आधार कृषि नै हो , त्यसैले कृषि पहिलो प्राथमिकतामा रहन्छ ।
कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष रेखा चौधरी , कृषि शाखा प्राविधिक बृजेश साह स्वास्थ साखाका ईन्चार्ज सफिकुल अन्सारी वार्ड नम्बर १का वार्ड अध्यक्ष रामशरण खवास वार्ड नम्बर ३का वार्ड अध्यक्ष सुरज राय वार्ड नम्बर ४का वार्ड अध्यक्ष राजेस्वर दास पाँचौं वार्डका महिला सदस्य लगायतको पनि सहभागीता रहेको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

