
गाेरखनाथ वैदिक गुरुकुलमा अक्षयकोष सञ्चालनका लागि न्यौपाने परिवारद्वारा २५ हजार रकम सहयोग प्राप्त भएको छ । घोराही उपमहानगरपालिका वडा नं.१२ हापुर विजौरी स्थायी ठेगाना भइ हाल घोराही – १५ भरतपुर निवासी चम्पा न्यौपानेले शनिबार उक्त रकम गुरुकुललाई हस्तान्तरण गर्नुभएको हो ।
स्व.दुर्गा प्रसाद न्याैपाने र स्व.जीवेश्वरा न्यैापानेकाे जेष्ठ पुत्र वधु चम्पा न्यैापानेले आफ्नो माइती तथा घर तर्फका समस्त पितृहरू र हालसालै असामयिक रुपमा मृत्युुवरण गर्न पुगेकी भान्जी विद्या गाैतमकाे समेत माेक्षकाे कामना सहित उक्त रकम नगदै प्रदान गर्नुभएको थियो ।
वैदिक गुरुकुल पद्धतिमा आधारित सनातन शिक्षा ग्रहण गर्दै आएका बाल बालिकाहरूकाे शैक्षिक उन्नयनका साथै समग्र गुरुकुल शिक्षा पद्धतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्राप्त अक्षयकोष रकम दाताको ईच्छा अनुरुप नै सदुपयोग गरिने प्रतिबद्धता गुरुकुलले गरेको थियो ।

साथै उक्त अवसरमा गुरुकुलले दाता परिवारकाे सुख, शान्ति, समृद्धि तथा उत्तराेत्तर प्रगतिको कामना पनि गरेको थियो ।

