
भारत । पतिव्रता नारीको शक्ति, अटल विश्वास, दृढ़ संकल्प र संस्कारयुक्त जेष्ठ महिनाको अमावस्याको दिन पर्ने वट सावित्री व्रत विशेषमा अखिल भारतीय उत्तराखंड युवा प्रतिनिधि मञ्च एवं राष्ट्रिय सर्वभाषी ब्राह्मण संगठनद्वारा मांग मेरी रहे सिंदूरी विषयमा कविता वाचन तथा अन्तरक्रिया वेबीनार मार्फत आयोजना गरिएको थियो ।
जसमा भारतका विभिन्न प्रान्तबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त महिलाहरूले वट अमावस्या व्रतको महत्व, पौराणिक कथा, पूजा विधि तथा पर्यावरण संरक्षण बारेमा मन्तव्य तथा काव्यिक रचना प्रस्तुत गरेका थिए।
कार्यक्रमका मुख्य अतिथिमा देहरादुनबाट पद्मश्री डा. माधुरी बड़थ्वाल रहनुभएको थियोे। कार्यक्रमका अध्यक्ष श्री हरीश उपाध्यायले शंख ध्वनि गर्दै र उपाध्यक्ष तनु खुल्बेले दीप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
नागपुरकी शिवानी अवस्थीको सुमधुर वाणीमा गणेश वन्दना सँगै वेबीनारको शुभारंभ भएको थियो । कार्यक्रमको सञ्चालन श्रीमती धारणा अवस्थीले अत्यन्त शालीन, सभ्य र भव्य प्रस्तुतिका साथ गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा संस्थाकी राष्ट्रीय उपाध्यक्ष तनु खुल्बेले कार्यक्रममा उपस्थित सबैप्रति हार्दिक सम्मान एवं आभार व्यक्त गर्नुभएको थियोे। साथै उहाँले गत वर्ष झैँ पर्यावरण संरक्षण, संस्कृति, परम्पराको बढ़ावा दिने कार्यक्रम संस्थाद्वारा आयोजित हुने विश्वास दिलाउनु भयो ।
कार्यक्रमको अत्यन्त मनोहर शुभारंभपछि राष्ट्रिय अध्यक्ष, उत्कर्ष च्यानलका संस्थापक, संपादक हरीश उपाध्यायले पनि संस्थाको तर्फबाट कार्यक्रममा सम्मिलित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि धर्मसंस्कृति रक्षा हेतु जुट्नुपर्ने कुरामा जोड दिनुभयो।
नमिता सुयाल हल्द्वानी ,उत्तराखंडबाट वट सावित्री व्रतको पौराणिक तथा ज्योतिषीय पक्षको उजागर भयो। भावना बर्थवाल, दिल्लीबाट उत्तराखंडमा वट सावित्री व्रत पूजा विधान, खानपानको चर्चा र यहाँका सुहागीन महिलाद्वारा सबै शुभ कार्यमा ओढिने पिछोड़ा कपडाको महत्व बारे जानकारी गराइयो।
डा.आभा सिंह भैसोड़ा, हल्द्वानीने स्वरचित पंक्तिमा विष्णुसँग लक्ष्मीको पूजा, सँगै पूजे बरको दूजा द्वारा वट वृक्षको औषधीय गुणको बारेमा जानकारी, जीवनदायिनी, पर्यावरणको रक्षा गर्ने वृक्ष बरको रुख भएको र यसमा त्रिदेव को वास हुने हुँदा ऋषिद्वारा यसको पूजा गरिने गरेको जानकारी दिनुभयो।
पूनम मिश्रा’पूर्णिमा’ नागपुरले सत्यवान सावित्री बारे अति रोमांचकपूर्ण ढंगले कथा सुनाएर सबैको मन मोहित बनाउनु भयो । श्रीमती राधा बिष्ट, लखनऊले वट, सावित्री व्रतको अटल सौभाग्य दिने र अडिग विश्वासको प्रतीक भएको बारे चर्चा गर्नुभयो । साथै युवा पीढ़ीलाई आधुनिकताको दौडमा संस्कारविहीन हुन नहुने संदेश दिनुभयो।
डा.कामायनी शर्मा, कानपुरको अति सौहार्दपूर्ण भाषा शैलीमा विवाह पछि पहिलो वट सावित्री व्रत पूजाको संस्मरणले सबैलाई रोमांचित बनायो।
डा. कविता परिहार, नागपुरले संस्थाको पदाधिकारिलाई धन्यवाद दिँदै वट वृक्ष अक्सिजनको भण्डार भएको जानकारी दिदै बर स्वास्थ्यको दृष्टिमा धेरै फाइदाजनक भएको बताउनु भयो।
विद्या चौहान, हरियाणाले ‘तेरा पूजन करें सुहागन, हे वट वृक्ष महान, तेरी शरण में जो भी आए दो उनको वरदान, हे वट वृक्ष महान’ स्व-रचित कविता गीत वाचन गरेर सबैको ध्यान आकर्षित गर्नुभयो।
नागपुर बाट रेखा तिवारीले ‘आई कर सोलह श्रृंगार, मैं तो बड़ को पूजू आज मंगल घड़ियों में’ स्वरचित गीत सुनाउनुभयो।
नेपालबाट श्रीमती विमुन्स पौडेलले वट सावित्री विशेष कविता ‘ज्येष्ठ कृष्ण की चतुर्दशी यह बहुत ही पावन होती, एक सुहागन दर्द मिटाने वृक्ष छाऊ तल रोती’ वाचन गरेर सबैको हृदयद्रवित बनाउनुभएको थियोे। उहाँको वाचन लगत्तै हुटिङ भएको थियो। साथै उहाँले वट सावित्रीको उपासना व्रत नेपालमा कसरी मनाइन्छ भन्ने बारे प्रकाश पार्नुभएको थियोे । कार्यक्रमको अन्तमा संस्थाकी राष्ट्रिय उपाध्यक्षा तनु खुल्बेले कार्यक्रममा उपस्थित सबै प्रति सम्मान तथा आभार व्यक्त गर्नुभएको थियो ।


हार्दिक आभार हिमालयन दृष्टि परिवार प्रति। तथा विशेष आभार वसन्त अनुभव आदरणीय दाजु प्रति।