
उमेश कुशवाहा पर्सा,आज पर्सा जिल्ला लगायत तराईमा विवाहित महिलाले बर्साइत पर्व मनाइदै छन।
तराईका जिल्ला पर्सा,बारा,रौतहट,मोहतरी,सर्लाही, सिरहा,जनकपुर, सप्तरी, मोरंग, सुनसरीमा विवाहित महिलाहरुले बर्षाइत अर्थात सति ब्रत पुजा मनाइदै छन।
पर्साको बहुदरमाई नगरपालिकाको राम जानकी मन्दिर को प्रांगणमा रहेको बरको रुख, बीरगंज,पोखरिया ,बिंदवासनी, पर्सागढ़ी , राधेमाई मन्दिरको प्रांगणमा रहेको बर बोट, छपकैया ,बिर्ता, पिपरा,महादेवपटी, महुवन जस्ता धेरै ठाउँमा बरको बोटको पूजा अर्चना गर्न भीड़ लागेको छ।

बरको रुख लाई धागोले बेरेर नयाँ बॉसबाट बनाएको ढाकी, बेना,फूल लगायतका पुजा सामग्री जम्मा गरी उपवास बसेर पतिको दिर्घायुको कामना गर्दै यो पर्व मनाउने चलन रहेको छ ।
गाउँमा रहेको बर पिपल मध्ये बरको रुखलाई मात्र पूजा गरिने चलनमा विवाहित महिलाले संयुक्त रूपमा ब्राहमणलाई वेद पढाएर मनाइने यस पर्वमा पूजा गरिसकेपछि महिलाहरु आफ्नो घरमा विभिन्न किसिमका पकवान तयार पारी आफू र आफ्ना परिवारका सदस्य छिमेकीलाई खुवाउने चलन रहेको ब्रतालूहरु बताए।



