
मेघराज राय जिराभवानी बैशाख २१
जसपा नेपाल पार्टीले पर्साको जिराभवानीमा चुनाव प्रचार प्रसार घरदैलो कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा जसपा नेपाल पार्टीले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । जसपा नेपाल पार्टीले पर्साको जिराभवानी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी बिकाउ प्रसाद भन्डारी तथा उपाध्यक्ष पदको प्रत्यासी बिन्दु देवि चौधरी , वडाका वडाअध्यक्ष, नेशार समानी वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा जिराभवानी गाउपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ ।
जसपा नेपाल पार्टीले आज जिराभवानी गाउँपालिकाको वडा नम्बर १ को महादेवपट्टी पकडिटोल जगतिया लगाएत गाउँमा घरदैलो गरेको छ भने वडा नम्बर २ को सेढ्वा लगायतका टोलमा घर दैलो सम्पन्न गरेको छ ।
समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न ।
अबको निर्वाचनमा जिराभवानी गाउँपालिकामा अध्यक्ष बिकाउ प्रसाद र उपाध्यक्ष बिन्दु देबि चौधरी र वार्ड अध्यक्ष नेशार समानी जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।

