गणतन्त्र दिवसको दिन देखी अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने

  • ३ बैशाख २०७९, शनिबार १४:०९ मा प्रकाशित
  • आगामी जेठ १५ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो ।

    बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

    त्यस्तै, प्राधिकरणले यही वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याउने भएको छ । विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गर्न लागेको प्राधिकरणको भनाइ छ ।

    सो विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीबाट हुने प्राधिकरणले जनाएको छ ।

    समाचार साभार बिश्व संदेश बाट

    Leave a Reply