छात्रालाई नेविसंघ अध्यक्ष बनाउन माग

  • २० फाल्गुन २०७८, शुक्रबार १७:०० मा प्रकाशित
  • नेविसंघको अध्यक्ष छात्रालाई बनाउनुपर्ने माग उठेको छ।

    नेविसंघको अध्यक्ष राजिव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि उक्त पद रिक्त छ।

    कांग्रेसले नेविसंघको महाधिवेशन गर्न तदर्थ समिति बनाउने तयारी गरेसँगै नेतृत्वमा छात्रालाई ल्याउन माग भएको हो।

    नेविसंघ नेतृहरूले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरूङ, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, प्रवक्ता प्रकाशशरण महतलाई भेटेर नेविसंघको नेतृत्व छात्रालाई दिनुपर्ने माग गरेका हुन्।

    ‘नेविसंघका छात्राहरू समावेशी कांग्रेस निर्माण गर्ने अभियान सफल पार्न नेविसंघ केन्द्रीय अध्यक्षको जिम्मेवारी बहन गर्न सक्षम छौं,’ नेताहरूलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ।

    स्नातकोत्तर अध्ययन गरेको र केन्द्रीय समितिमा रहेर काम गरेको व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउन पनि माग गरिएको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पुनम भट्ट भट्टराईले जानकारी दिइन्।

    नेविसंघका प्रेमिका राना मगर, गीता गुरूङ, शिखा लम्साल, रक्षा ढकाल, अर्चना लुइँटेल, कविता वन, रिता तिम्ल्सीना, लक्ष्मी सिलवाल, पूजा फुँयाल, प्रमिला जैरू, शोभा बस्ताकोटी, पूजा शर्मा, सगुन कँडेल, सुप्रिया भट्ट, पद्मा विष्ट, निकिता राईलगायत २१ जना नेताले आज महिलालाई नेतृत्व दिन माग गर्दै संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन्।

    Copied :setopati

    Leave a Reply