मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा आगलागी, ५जना घाइते

  • १५ फाल्गुन २०७८, आईतवार २१:५४ मा प्रकाशित
  • दाङको तुलसीपुरमा मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा आगलागी भएको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको हाइस दुधरासको सोनापुर सिमेन्ट उद्योगको गेटमा ठोक्किदा हाइस जलेको छ ।

    आगलागी हुँदा पाँचजना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले बताएको छ । आगलागी आईतबार राति ९ बजेतिर भएको हो ।

    घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।

    Leave a Reply