
कपिलवस्तु – संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महालक्ष्मी बिकास बैक लिमिटेडको पकडी शाखाले ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानि ब्यवस्थापनका लागि स्वचालित बिधुतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा बोल्दै पकडी शाखा प्रवन्धक दिपेश्वर अर्यालले इलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभाम्बित हुने हेतुले उक्त कार्यक्रम गरिएको जानकारी गराउनु भयो। उक्त कार्यक्रममा मायादेबी गाउपालिका अध्यक्ष बजरंगी प्रसाद चौधरी, गाउपालिका प्रमुख कार्यकारी अधिकृत प्रमेश्वर यादब वडा नं. १ का अध्यक्ष हरि गोबिन्द चौधरी, पकडी बजार ब्यबस्थापन समिति अध्यक्ष प्रमात्मा बनिया, समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, पत्रकार तथा स्थानियहरुकोे समेत उपस्थिती रहेको थियो।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ। यस्तै कोभिड१९ को जोखिमलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी सुरक्षित हुन पनि बैंकले अपिल गरेको छ।

