गाँजा नियन्त्रणको क्रममा तस्कर र प्रहरीबीच जमको भेट, गोली चल्दा एकजनाको ज्यान गयो।

  • १३ फाल्गुन २०७८, शुक्रबार ०७:३९ मा प्रकाशित
  • twitter sharing button

    बारा
    १२ फागुन २०७८
    अबैध लागुऔषध गाँजा नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागि एकजनाको ज्यान गएको छ । अर्का एकजनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

    गएराती ११ बजेको समयमा जिल्लाको सिम्रौनगढ नगरपालिकावडा नं.२ महुवाहीमा भएको मुडभेडमा परि नाम थर वतन नखुलेका अन्दाजी ३५ बर्षका पुरुषको ज्यान गएको प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

    उनका अनुसार नेपालबाट भारत तर्फ ५ वटा जुटको बारोमा ७५ के.जि. अबैध लागु औषध गँंजा लिए जाँदै गरेका ७÷८ जना तस्कर र प्रहरीको जम्का भेट भयो । तस्कर समुहले प्रहरीलाई देखि गोली फायर गरे ।

    सोही क्रममा प्रहरीले ३०३ राईफलबाट जवाफी फायर गर्यो । एकराउण्ड गोलि जवाफी फायरको गोली लागी ति ब्यक्ति गम्भीर घाईते भए । अर्का एकजना नियन्त्रणमा आए ।

    यसरी गाँजाका पोका सहित १ जना मानिसहरु नियन्त्रमा लिन सफल भयौं डिएसपी थापाले बताए ।

    गोलिलागि घाईते भएका एकजनालाई तत्काल उपचारका लागि कलैया लगिएकोमा उपचारका क्रममा विहिबार विहान पौने दुईबजेको समयमा उनको ज्यान गयो उनले भने ।

    अर्का भातर बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने अदाजी ४० बर्षका हिरदेश गिरीलाई नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको र अन्य फरारहरुको खोजी भैरहेको बारा प्रहरी प्रवक्ता डिएपी थापाले जानकारी दिए ।

    Leave a Reply