
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी माघ ०७ गते अथार्त जनवरी २१मा प्रवासी संग डाक्टर” को अर्को श्रृंखलामा मानसिक स्वास्थ्यमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुने भएको छ।
कार्यक्रमको पहिलो शृंखलामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी संगसगैं आउने स्वास्थ्य समस्या सम्बन्धि बिषयमा केन्द्रित रही गत पौष ३० गते सुक्रबार जुम माध्यमबाट विभिन्न अनलाइन पत्र-पत्रिका तथा फेसबुक पेज मार्फत सीधा प्रसारण गर्दै सफल रुपमा सम्पन्न भएको थियो ।
अब आगामी कार्यक्रम मानसिक स्वास्थ्य सम्बन्धी आवश्यकताहरू र मानसिक स्वास्थ्य कोषको बीच ठुलो अन्तर बारे विशेषज्ञ डाक्टर द्वारा
सल्लाह सुझाव लगायत विशेष छलफल हुने पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।
नागरिकको मानसिक स्वास्थ्यले समग्र राष्ट्रको स्वास्थ्य अवस्था निर्धारण गर्दछ । त्यसैले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको महङ्खवपूर्ण हिस्साका रूपमा लिई यसबारे सम्पूर्ण संघसंस्था लगायत नागरिक स्तरबाटै पहल हुनुपर्दछ र यसकै एक कडीका रूपमा हामीहरु वैदेशिक रोजगारीमा रहेका हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगार्थ लागिपरेका छौ नेपालले भन्नुभयो।
एक प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइने गरेको पाइएको छ।

