के तपाई ओमिक्रोन संक्रमित त हुनु भएको छैन्, यी हुन् संक्रमणका लक्षण

  • २९ पुष २०७८, बिहीबार १४:३४ मा प्रकाशित
  • एजेन्सी, २९ पुस । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण हुने लक्षणका बारेमा लगातार समाचार आइरहेका छन्, जसले मानिसमा भ्रम पैदा गरिरहेको छ । ओमिक्रोनको “शीर्ष पाँच“ लक्षणहरू यस्ता हुने विज्ञहरु बताउँछन् ।

    डेली एक्सप्रेस (युके) ले रिपोर्ट अनुसार वैज्ञानिकहरूले अक्टोबर र डिसेम्बरमा संक्रिय केसहरूको गरिएको अध्ययनमा तुलना गर्दा युरोपमा अक्टोबर महिनामा डेल्टा प्रमुख भेरियन्ट थियो भने डिसेम्बरमा ओमिक्रोन सबैभन्दा प्रभावशाली भेरियन्ट बनेको थियो।

    यी हुन् लक्षण
    – रुघा लागेको
    – टाउको दुख्ने
    – थकान (हल्का वा गम्भीर)
    – हाच्छिउँ
    – घाँटी दुख्ने
    अनुसन्धानले डेल्टा र ओमिक्रोनको लक्षण प्रोफाइलहरूमा कुनै स्पष्ट भिन्नता फेला पारेको छैन् ।

    Leave a Reply