मोरङमा पुरूषको हत्या आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

  • २७ पुष २०७८, मंगलवार १२:५४ मा प्रकाशित
  • मोरङमा बञ्चरो प्रहार गरी पुरूषको हत्या गरेको आरोपमा प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। 

    सोमबार राति ७ बजे लेटाङ नगरपालिका-२ स्थित खोटाङ खोटेहाङ गाउँपालिका-४ बस्ने ६३ वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

    उनको हत्या गरेको आरोपमा प्रहरीले घरधनी ८० वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको जनाएको छ। 

    प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार गएराति उनीहरूले सँगै बसेर मापसे गरेका थिए। त्यसैक्रममा उनीहरूबीच झडप भएको थियो।

    झडप हुँदा भुजेलले बुढाथोकीको निधारमा बञ्चरोको पछाडिको भागले हिर्काएका थिए। प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो।  

    शव पोष्टमार्टमको लागि धरानस्थित घोपा पठाइएको छ। उनीहरूबीच टाढाको सम्बन्ध रहेको र बुढाथोकी उनको घरमा आउजाउ गरिरहने गरेको प्रहरीले जनाएको छ। 

    प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। 

    Copied:setopati

    Leave a Reply