कोइलावास नाकाबाट भित्रनेलाई खोप कार्ड अनिवार्य

  • ७ माघ २०७८, शुक्रबार १३:४२ मा प्रकाशित
  • दाङको कोइलावास नाका हुँदै भारतबाट नेपाल फर्केनलाई खोप कार्ड अनिवार्य गरिएको छ । भारतमा कोभिडसंक्रमण फैलिरहेको बेला नेपाल फर्केनको संख्या बढेपछि नाकामा कडाइ गरिएको हो ।

    ७, माघ दाङ । दाङको कोइलावास नाका हुँदै भारतबाट नेपाल फर्केनलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

    भारतमा कोभिडसंक्रमण फैलिरहेको बेला नेपाल फर्केनको संख्या बढेपछि नाकामा कडाइ गरिएको हो ।कोइलावास नाकामा यसअघि भारतबाट फर्केनहरुलाई एन्टिजेन परीक्षण गरेर मात्र प्रवेश दिदै आएपनि शुक्रवारदेखि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।‘भारतबाट आउँनेको संख्या बढेपछि सिमावर्ती क्षेत्रमा थप कडाइ गरिएको छ।’ उनले भने, ‘खोप कार्ड नभएकालाई प्रवेशमा रोक लगाएका छौं ।’ भारतबाट काइलावास हुँदै दैनिक २०-२५ जना नेपाली नागरिकहरु भित्रिरहेको उनले बताए ।

    त्यस्तै आजबाट जिल्लामा सार्र्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गरिएको छ। प्रजिअ रेग्मीका अनुसार कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा लगायतका सार्वजनिक स्थलहरुमा जादा अनिवार्य खोप कार्ड साथमा हुनुपर्नेछ।

    यसअघि जिल्लामा स्मार्ट लकडाउन अन्तर्गत ७ बजेपछि होटल तथा रोष्टुरेन्ट्रहरु सञ्चालन गर्न रोक लगाइएको छ ।

    जिल्लामा कोभिड संक्रमण क्रमशः बढिरहेको बेला कडाई गरिएको प्रजिअ रेग्मीले बताए। जिल्लामा अहिले ३ सय ९२ सक्रिय संक्रमित छन् ।

    Leave a Reply