लागुऔषध नाईट्रोभेट ट्याब्लेट सहित एक जना पक्राउ

  • २२ मंसिर २०७८, बुधबार १८:५८ मा प्रकाशित
  • संकेतिक तस्बिर


    मेघराज राय जिराभवानी, मङ्सिर २२/

    पर्साको जिराभवानी गाउँ पालिका बाट प्रहरीले अबैध लागुऔसध नाइट्रोभेट ट्याबलेट सहित एक जनालाइ पक्राउ गरेको छ ।
    प्रहरी चौकी महादेव पटि बाट प्रहरी सहायक निरीक्षक ईन्दिबर चौधरी को नेतृत्व मा रहेको प्रहरी टोलिले नियमित चेकजाँच को क्रममा जिराभवानी गाउँ पालिका वार्ड नम्बर एक को ओरिया खोलामा चेकजाँच गर्ने क्रममा ना २२ प ६८३५नम्बर को पलसर मोटरसाइकल मा सवार भइ भारत को भङ्गहा बाट आउदै गरेका जितपुर सिमरा उपमहानर पालिका वार्ड नम्बर चार बस्ने हिर्दिया चौधरीको छोरा अन्दाजी बर्ष १९/२० बिकाश चौधरी रहेका छन उनको को साथ बाट प्रहरीले २५५ पिस नाइट्रोभेट ट्याबलेट बरामत गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक रामकाजी थापा ले जानकारी दिनुभयो ।
    पक्राउ गरिएका बिकास चौधरीलाई आवश्यक कार्वाही को लागि मोटरसाइकल र लागुऔसध टयाबलेट सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापा ले जानकारी दिनुभयो ।

    Leave a Reply