आदर्श कोतवाल गाउँपालिका ईनर्वामाल स्वास्थ्य चौकीमा आँख ,कान ,घाँटी एवम पुनः स्थापना सेवा केन्द्रको उदघाटन

  • ९ पुष २०७८, शुक्रबार २२:५५ मा प्रकाशित
  • सबिर आलम, बारा ,पूस ९

    आज आदर्श कोतवाल गाउँपालिका ईनर्वामाल स्वास्थ्य चौकी भवनमा सामुदायिक अँखा ,कान तथा घाँटी एवम पुनः स्थापना सेवा केन्द्रको एक कार्यक्रम बीच उदघाट्न गरिएको छ।

    प्रमुख अतिथी आदर्श कोतवाल गाउँपालिकाको उपा अध्यक्ष पुनम देवी साह र बि.पी.नेत्र प्रतिस्ठानका कार्यकारी निर्देशक सजीव कुमार उपाधय्यको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो।आदर्श कोतवाल गाउँपालिका र बि.पी.नेत्र प्रतिस्ठान आँखा,कान,नाक, घाटी एवम पुनः स्थापना सेवा केन्द्र लोकन्थली भक्तपुरको समन्वयमा सन्चालन गरिएको छ।

    उक्त कार्यक्रममा ईलाका हेल्प पोस्ट कार्यालयका समयोजक डा.पारस राय यादवले भने वि.पी.नेत्र प्रतिस्ठान केन्द्रले हामी सम्पुर्णको लागि नभई नहुने सेवा उपलब्ध गराउनु भएको भन्दै धन्यवाद व्यक्त गरे ,साथै यस केन्द्रमा आवश्यक समाग्री उपलब्ध गराईदिनको लागि आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सग आग्रह गरेका थिए। त्यस्तै आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहले भने
    यो समान्य घटना होईन ,यो समान्य समय पनि होईन यो ठूलो अवसर हो र यो एउटा असमान्य उपलब्धि हो, हामीहरुको लागि यो गर्व गर्न लायकको एउटा सेवा र प्रतिस्ठानको रुपमा हामी लिएका छौ, नेपालमै सिमित ठाउँमा मात्रै सेवा दिईराखेका बि.पी.नेत्र प्रतिस्ठानबाट जुन हामी यो प्रदेश न.२ मा आदर्श कोतवाल गाउँपालिका अन्तर्गत यो सेवाको लागि अवसर पाएका छौ यो हामी गाउँवासीको लागि मात्रै नभएर जिल्ला वासी लगायत प्रदेशकै लागि ठूलो उपलब्धिको रुपमा लिएका छौ। यो अहिले सुरुवातको समयमा छ,यसमा मैनेजमेन्टका कुराहरु धेरै बाकी छन यसमा अति आवश्यक टुल्सहरु,अति आवश्यक आँखा,र कान,नाकलाई चेक जाच गर्ने समाग्रीहरु प्रतिस्ठानबाट हामीलाई उपलब्ध भएको छ,र अगामी दिनमा यसलाई कसरी सुरक्षित तरिकाले कसरी प्रयोग गर्ने ,सुव्यस्थित तरिकाले जनताहरुमा सेवा प्रदान गर्ने दाईत्व रहेको भन्दै भोलीको दिनमा यस प्रतिस्ठानलाई आवश्यक परेको खन्डमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

    उक्त कार्यक्रममा बि.पी.नेत्र प्रतिस्ठानका कर्मचारी जनक राज भट्टराई,जनक पान्डे,डा. प्रशान्त पौडेल,जिल्ला सम्पर्क अधिकृत सुनिल कुमार यादव,दिलिप कुमार,जागेश्वर साह, वडा अध्यक्षमा बिनोद राउत कुर्मी,धर्मेन्द्र यादव,शेख जवाहिर,तथा स्वास्थ्य कर्मी,स्वयंसेवीका लगाएतको उपस्थिति रहेको थियो।

    Leave a Reply