दाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते

  • २२ कार्तिक २०७८, सोमबार १३:०९ मा प्रकाशित

  • २२ कात्तिक, बुटवल । दाङको बबइमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका-३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।

    मृतक सुनार जिपका मालिक हुन् । सल्यानको कालीमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हहुँदा अन्य १६ यात्रु घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ ।

    दाङको बबइ गाउँपालिका-३ ठाडो खोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काˆलेले जानकारी दिए ।

    सामान्य घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको र गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply