सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक खनाल नयाँदिल्ली प्रस्थान

  • १८ आश्विन २०७८, सोमबार १२:४२ मा प्रकाशित
  • काठमाडौँ — नेपाल-भारत सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । दुई दिनसम्म चल्ने बैठकमा भारतको सशस्त्र सीमा बल महानिर्देशक कुमार राजेश चन्द्राको नेतृत्वको टोली सहभागी हुनेछ ।

    खनालका साथ सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी र डीआइजी नारायणदत्त पौडेल र स्टाफ अधिकृत नारायण गुरुङ रहेका छन् । नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच मंगलबार र बुधबार छलफल हुने कार्यक्रम रहेको छ ।

    गत वर्ष भारतमा बैठक हुनुपर्ने भएपनि कोभिड-१९ को कारण देखाउँदै स्थगित गरिएको थियो । तर जानकार अधिकारीहरुले कोभिड नभई नेपालले कालापानी क्षेत्र समेटेर राजनीतिक र प्रशानिक नक्सा जारी गरेको पछि असन्तुष्ट भएको भारतीय पक्षले बैठक स्थगित गरेको गरेको थियो । २ वर्षअघि पोखरामा बैठक भएको थियो । नेपाली टोली बिहीबार स्वेदश फर्किने छ ।

    Leave a Reply