कोरोना विशेष अस्पताल बेलझुण्डी प्रादेशिकमा स्थानान्तरण

  • २२ आश्विन २०७८, शुक्रबार १८:०७ मा प्रकाशित
  • तुलसीपुर
    २२-असोज/ कोरोना विशेष अस्पताल बेलझुण्डीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपश्चात आज शुक्रबार अस्पताललाई तुलसीपुरमा सारिएको होे ।

    राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना इकाईको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका हुन् । अस्पतालमा २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडियू वेड गरी ६० वेडको रहेको छ ।

    त्यस्तै भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल संचालनमा ल्याएको थियो ।

    Leave a Reply