
२० असोज, पर्सा । पर्सा प्रहरीले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का ३० वर्षीय लोकराज पटेल रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले २ केजी गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

