पूर्वफिफा रेफ्री लव खत्रीको निधन

  • १८ आश्विन २०७८, सोमबार १२:४५ मा प्रकाशित
  • काठमाडौँ — पूर्वफिफा रेफ्री लव खत्रीको सोमबार निधन भएको छ । उनी ५० वर्षका थिए । रेफ्री एसोसियसन अफ नेपालका महासचिवसमेत रहेका खत्री सोमबार बिहान घरको बाथरुममा लडेका थिए ।

    अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार उनलाई तत्काल मेडिसिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    सन् २०१८ मा रेफ्रीबाट संन्यास लिएपछि उनी रेफ्री प्रशिक्षकका रुपमा काम गर्दै आएका थिए । १२:१० बजेदेखि एन्फा प्रांगणमा श्रदाञ्जलिका लागि खत्रीको शव राखिने एन्फाले जनाएको छ । उनको आजै अन्तिम संस्कार गरिनेछ । खत्रीका पत्नी र एक छोरा रहेका छन् ।

    Leave a Reply