साउदी अरबको ९१ औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा कार्यक्रम

  • ९ आश्विन २०७८, शनिबार १२:३१ मा प्रकाशित
  • काठमाडौँ — काठमाडौंस्थित साउदी अरबको राजदूतावासले आफ्नो ९१ औं राष्ट्रिय दिवसको अवसरमा राजधानीमा एक कार्यक्रमको गरेको छ ।
    समारोहमा ‘साउदी अरब भिजन २०३०’ को विषयमा जानकारी गराइएको थियो । भिजन २०३० साउदी अरबको अर्थतन्त्रमा तेलमाथि रहेको निर्भरतालाई कम, अर्थतन्त्रलाई विविधिकरण गर्ने, तेल बाहेकको अन्तर्राष्ट्रिय व्यापारलाई विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, मनोरञ्जनसहितको क्षेत्र विकास गर्नेसहितका योजना रहेको छ । साउदी अरबको कुल निर्यातमध्ये ८५ प्रतिशत हिस्सा तेलले ओगट्छ । अर्थतन्त्रमा ४२ प्रतिशत योगदान पेट्रोलियन उत्पादनको छ ।
    साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले सन् २०१६ मा साउदी अरब भिजन २०३० अघि सारेका हुन् ।
    शुक्रबार साँझ भएको समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख अतिथि रहेका थिए । समारोहमा सरकारका उच्चपदस्थ अधिकारीहरू, विभिन्न देशका राजदूत, व्यवासायी, राजनीतिक दलका नेताहरु, सांसद तथा विभिन्न संघसंस्थामा सम्बन्ध व्यक्तिहरुको उपस्थित रहेको थियो । सन् १९३२ सेप्टेम्बर २३का दिन तत्कालीन राजाले नेज्द एन्ड हेजाजलाई साउदी अरब नामाकरण गरेको दिनको स्मरणमा प्रत्येक वर्ष राष्ट्रिय दिवस बनाउने गर्छ ।

    Leave a Reply