
तुलसीपुर । तुलसीपुर उपमहानगरद्वारा संचालित मेट्रो अस्पतालमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । मेट्रो अस्पतालले भाेलि देखि ओपिडी सेवा शुभारम्भकाे अवसरमा शिविर सन्चालन गरेको हाे । कोरोनाकाे महामारीमा कोरोना बिरामी हरुलाई निःशुल्क रूपमा स्वास्थ्य सेवा पुर्याएकोमा भोलि निशुल्क बृहत स्वास्थय शिविर सञ्चालन हुन थालेको जनश्वास्थ्य निरिक्षक बिमल केसीले बताएका छन ।
भोलि हुने स्वास्थय शिविरमा जनरल सर्जन/इन्डकोपिस्ट डा. प्रकाश शाहू ,फिजिसियन डा. ज्ञानेन्द्र पाण्डे,प्रसूति रोग बिषेशज्ञ डा. श्रृजना हमाल , डा.देवराज केसि (एम डी),
सहित चिकित्सक टोली ले निःशुल्क एक्सरे ,भिडियो एक्सरे ,ल्याव सेवा र औषधि सहितको सेवा निःशुल्क हुने भएको छ अस्पतालमा तुलसीपुर बासीलाई सेवा लिन आह्वान गरिएको छ । अस्पताल ले हाल निःशुल्क रूपमा दैनिक कोरोना परिक्षण गर्दै आइरहेको छ । निःशुल्क शिविर पश्चात दैनिक अब ओपिडी सेवा सुरुवात गरिने भएको छ।

