पर्सा संवाददाता
बीरगंज १३ असाेज । ठाेरी गाउँपालिकाका अध्यक्ष पदम लाल श्रेष्ठले गाउँपालिकामा रहेकाे बिधालयहरूमा ४ हजार १ सय अध्ययनरत बालबालिकाहरूकालागी थप गुणस्तरीय शिक्षा प्रदान गर्ने उधेश्यले ५० वटा घरदैलाे सिकाइ केन्द्रकाे स्थापना गर्नु भएकाे छ ।
उक्त घरदैलाे सिकाइ केन्द्रले गाउँपालिकामा रहेकाे बिभिन्न वडाहरूकाे टाेल टाेलमा बिधार्थीहरूलाइ भेला गरी बिहान बेलुका सिकाइ केन्द्रले बिधालयमा पढने बिधार्थीहरूलाइ बिधालयले दिइएकाे गृह कार्य नअाएकाे वा बुझन नसकेकाेलाइ थप बुझाउने कार्य गर्दै अाएकाे गाउँपालिकाका शिक्षा शाखाका शिक्षा संयाेजक भुपाल कुमार जाेशीले यस दैनिकलाइ जानकारी गराउनु भयाे ।
बिधालयमा कार्यरत शिक्षक तथा कर्मचारीरूलाइ गाउपालिकाले गाउँपालिकाकाे काेषबाट पाेशाककाे ब्यवस्था गर्नुकाे सथै थप रकम पारिश्रमिक दिइ बिधालयमा थप गुणस्तरी शिक्षा प्रदान गर्नका लागी सहज बाताबरण समेत बनाएकाे ठाेरी गाउँपालिका कार्यालय पर्साका प्रमुख प्रशासकिय अधिकृत कृष्ण लाल श्रेष्ठले बताउनु भयाे ।

