एमसीसी उपाध्यक्ष नेतृत्वकाे टाेली र एमाले अध्यक्ष ओलीबीच बालकाेटमा भेट

  • २४ भाद्र २०७८, बिहीबार १५:५४ मा प्रकाशित
  • काठमाण्डाै – एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वकाे टाेलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकाे छ । टाेलीले बालकाेट पुगेर केपी ओलीसँग भेट गरेकाे हाे । 

    ओलीसँगको भेटपछि टोली याक एन्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । 

    यस्तै टोलीले भोलि शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । 

    एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली नेपालको चार दिने भ्रमणका लागि आज बिहीवार बिहान काठमाण्डौ आइपुगेको हो ।  

    Leave a Reply