
गैर आवासीय नेपाली संघ साउदी अरेबियाले नेपाली दूतावासका पुर्बी क्षेत्रीय जन-सम्पर्क अधिकारी हरि घिमिरेलाई बिदाइ गरेको छ । घिमिरेलाई संघले बुधबार अलखोबर स्थित क्लासिक रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम गरेर बिदाइ गरेको हो ।
गैरआवासीय नेपाली संघ साउदीले जन-सम्पर्क अधिकारी घिमिरेलाई पुष्प-गुच्छा सहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेकाे थियाे ।


कार्यक्रममा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति मध्यपूर्वका उप-संयोजक (जोन) राजेन्द्र अर्यालले बिदाइ शुभकामनाका क्रममा आफूलाई घिमिरेसंग बितेका २ वर्ष नजिक रहेर काम गर्ने अवसर मिलेको र यसमा जनसम्पर्क अधिकारी घिमिरेले गरेको योगदान नेपाली समुदायमाझ आउँदा धेरै वर्षसम्म सम्झनलायक रहने बताउनुभयो ।

विदाई शुभकामना राख्ने क्रममै नेपाली राजदूतावास पूर्वी क्षेत्रीय नव-नियुक्त जनसम्पर्क अधिकारी नारायण पासवानले घिमिरेबाट आफूले धेरै कुरा सिक्ने मौका पाएको र गैरआवासीय नेपाली सङ्घ जस्ता संघसंस्थाको सहयोगमा आउँदा दिनहरुमा पनि उहाँको अनु-उप-स्थितिलाई महसुस हुन नदिने बाचा गर्नुभयो।

त्यसैगरी विदाई शुभकामना कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मध्यपूर्व महिला संयोजक यास्मीन बेगम सैयद लगायत
साउदी अरबका निवर्तमान अध्यक्ष तेज थापा वर्तमान अध्यक्ष श्री डम्बर यादव, पूर्वी क्षेत्रीय अध्यक्ष बिष्णु भण्डारीले विभिन्न कारण पीडित भएकाहरूको उद्धार गर्नेक्रममा जन सम्पर्क अधिकारी घिमिरेको पुर्बी क्षेत्र सरकारका विभिन्न तहमा प्रमुखदेखि गभर्नरसम्म पहुँच भएको कारण पनि बितेका वर्ष कोभिड १९ महामारीका कारण हजारौ नेपालीले रोजगारी गुमाई कामविहीन भएको अवस्थामा पनि उहाँको सहयोगले समस्यालाई छिटोछरितो तरिकाले साम्य पार्न सहज भएको बताउनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा पुर्बी क्षेत्रीय जन-सम्पर्क अधिकारी घिमिरेले पनि गैरआवासीय नेपाली सङ्घ साउदी अरबले बृहत कार्यक्रम गरि बिदाइ गरेकोमा धन्यवाद दिनुभयो । उहाले आफ्नो कार्यकाललाई अविस्मरणीय बनाउन गैरआवासी नेपाली संघ लगायत सबै नेपाली समुदाय र नेपाली दूतावास विना सम्भव नभएको बताउनुभयो ।

बिदाई कार्यक्रममा ओम घले, बिरेन्द्र चौधरी, दिपक ढुंगाना, सत्य के.सी कुमार हुमागाईं, तथा मिडिया कर्मी नबराज तामांग, र शुक्र मोक्तान लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । भने कार्यक्रम नरेन्द्र कार्कीले संचालन गर्नु भयको थियो।
घिमिरे दम्पती हिमालय एयरलाइन्सबाट आउदो अक्टोबर १ तारीख संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ । घिमिरे दम्पतीलाई नेपाली दूतावासका साथै यहाँका विभिन्न संघसंस्थाहरुले सम्मान एवं बिदाइ गरेका छन् ।