सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ

  • २ आश्विन २०७८, शनिबार १८:३५ मा प्रकाशित
  • २ असाेज, सुर्खेत । सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
    पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८, कालीकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६, दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१०, दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।
    बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्‍याउनमात्र आएको बताएको प्रहरी निरीक्षक शाहीले बताए । यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ ।
    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply