
साउदीबाट नेपाल फर्केका १ जना एयरपोर्टबाटै पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको बालासहित एक जना पक्राउ परेका छन् ।
मंगलबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रबाट रामेछापका सन्तोष बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएको २५ वर्षीय बस्नेत रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका ६ कुमारीगाल बौद्ध बस्दै आएका छन् ।
बस्नेतले जजिरा एयरलाइन्सको उडानद्वारा साउदीबाट काठमाडौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाइ उक्त सुन ल्याउन लगाएको जनाइएको छ ।
उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको बताइएको छ ।

