बुटवलको कालिका चोकमा बस दुर्घटना, ९ जना घाईते

  • ३१ भाद्र २०७८, बिहीबार १२:१६ मा प्रकाशित

  • बुटवल । बुटवलको कालिकानगरमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बस कालिका चोकमा अनियन्त्रित भई बिहान ७ बजे दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
    लु २ ख ७८९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमै पल्टिएको हो। बुटवलमा बिहानैदेखिको सिमसिम बर्षा भैरहेको छ । वर्षाको कारणले बस अनियन्त्रित भएको हुनसक्ने बताइएको छ । ५ जना घाइतेहरुको चौराहा अस्पताल र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको छ ।

    Leave a Reply