चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्‍यु

  • ६ आश्विन २०७८, बुधबार १२:३७ मा प्रकाशित
  • ६ असोज, चितवन । इच्छाकामना गाउँपालिका-४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।
    मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याइ व्यवस्थापन गरिएको बताए ।
    माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

    Leave a Reply