गुण एयरलाइन्सले १ असोजबाट उडान थाल्ने

  • २९ भाद्र २०७८, मंगलवार १३:३९ मा प्रकाशित
  • २९ भदौ, काठमाडौं । गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने भएको छ ।
    आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।
    सेप्टेम्बर १७ (असोज १) देखि आन्तरिक हवाइ सेवा सुचारु गर्ने र यसको लागि टिकट बुकिङ समेत खुलिसकेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा विक्री प्रमुख प्रज्वल थापाले जानकारी दिए ।
    उनका अनुसार सुरुवातमा काठमाडौबाट पोखरा र भरतपुर (चितवन)मा जहाज उड्नेछ । त्यसको केही दिनपछी सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरमा उडान बिस्तार गर्ने तयारी कम्पनीले गरेको छ ।
    बडादशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिने तयारीमा रहेको थापाले बताए । कम्पनीले प्रतिस्पर्धी मूल्यमा टिकट बेच्ने समेत जनाएको छ ।

    Leave a Reply