एमसीसी झुक्याएर पास गर्न खोजेका होलान् : ओली

  • १९ भाद्र २०७८, शनिबार १८:५६ मा प्रकाशित
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् ।

    संघीय संसद्को प्रतिनिधिसभामा लामो समयदेखि रोकिएको एमसीसी सम्झौताबारे पछिल्लो समय चर्चा बढेको बेला पूर्वप्रधानमन्त्री ओलीको टिप्पणी आएको हो। ‘कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे। अहिले एमसीसीबारे बोल्दैनन्। झुक्याएर पास गर्न खोजेका होलान्,’ ओलीले भने, ‘बोल्दैनन्। के गर्ने हो? भन्दैनन्।’

    प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसीबारे बोल्नुपर्ने ओलीले बताए। ‘जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने?,’ उनले थपे, ‘हिजो साइन गर्नुभएको थियो त !’

    एमसीसीबारे देउवा र दाहाल चुपचाप रहेको ओलीले बताए। ‘यस्ता अनगिन्ती कुराहरू उहाँहरूले गोप्य राखेर, नेपाली जनतालाई छक्याएर विकास निर्माण विकासको गतिलाई रोकेर’ राखेको ‌ओलीको आरोप थियो।

    Leave a Reply