१४ सांसदबारे ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा

  • ४ आश्विन २०७८, सोमबार १७:३३ मा प्रकाशित
  • ४ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार आदेश आएन ।
    न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दाेहर्दैमा राखिएको छ । यसको सुनुवाई मंगलबार हुनेछ ।
    आफू गरेको १४ सांसदको कारवाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर हुनुपर्ने माग राखी एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दिएका थिए । यसैसँग सम्बन्धित अर्को रिटमा ओलीले ती १४ सांसदको हस्ताक्षर समावेश गरी दर्ता गरिएको नेकपा एकीकृत समाजवादी खारेज गर्न माग गरेका थिए ।
    यो रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै भदौ २८ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । तर  भदौ २८ गते न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिए पनि हेर्न नभ्याइनेमा परेर सुनुवाइ हुन सकेको थिएन ।
    त्यसपछि यस रिटमा सोमबार सुनुवाइ भएको हो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

    Leave a Reply