
रियाद साउदीअरब| नेपाल आदीवासी जनजाती महासंघ साउदीको खोबार स्थित क्लासिक रेस्टोरेन्टको सभाहलमा २७ अगस्ट २०२१ का दिन पूनर्गठन भेला सम्पन्न भएको छ । २००५ मा गठन भएको जनजाति महासंघ राष्ट्रीय समन्वय समिति साउदी अरब २०१२ देखी निस्कृय रहेको थियो भने पुनर्गठन भेलाले खेम तमुलाई अध्यक्षमा चयन गरिएको छ।
त्यसतै भेलाले वरिष्ठ उपाध्यक्षमा नवराज योन्जन, उपाध्यक्षहरू बसन्त लिम्वु, भिमसरी पुन मगर र लाल बहादुर मगर मनोनित भएको छ। संघको महासचिवमा रोशन कुमार श्रेष्ठ, उप महासचिव रबिन राई, सचिव सुमन सहयात्री योंग्हाङ, सह सचिव मोती चेमजोङ चयन भएको गरिएको छ। त्यसतै चित्र कुमार राई कोषाध्यक्ष, ओम कुमाल सहकोषाध्यक्ष र विजय लामा प्रवक्ताको रूपमा चयन गरेको छ भने सदस्यहरूमा मित्र मणि राई, भिमा लिम्बु, प्रेम ईजम लिम्बु, बल बहादुर कुमाल, दुर्गा आले मगर, अकल प्रधान, अन्जान गुभाजु, राम माया तमाङ, जित मान तमु, मिना तमाङ, राज श्रेष्ठ, भिम बुढा मगर र पुष्पा राई चयन गरिएको छ ।

संघले पुनर्गठन भेला बाट प्रमुख सल्लाहकारहरूमा विरेन्द्र कुमार चौधरी सहित सल्लाहकारहरूमा प्रेम सिंजाली मगर, राजेश सेंदाङ, सुर्य श्रेष्ठ, जयदेव चाम्लिं नारायण गुरूङ र तुलसी गुरूङलाई चयन गरेको छ।
खेम तमुको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका श्रम काउन्सेलर जिवन राईको उपस्थिति रहेको थियो भने विशेष अतिथिको रूपमा आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा दूतावासका जनसंपर्क अधिकारी हरी घिमीरे, संघिय लोकतांत्रिक राष्ट्रीय मंचका केन्द्रीय सदस्य श्री यावा लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन रविन राईले गरेको थियो भने चित्र कुमार राईले स्वागत मन्तव्य राखेको थियो।


