
बैठकले कडाइ गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
विभन्न चरणमा निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाइका गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ ।
थप गरिएको निषेधाज्ञा २३ गतेदेखि ३२ गतेसम्म लागू हुनेछ । यो वधिमा सार्वजनिक तथा निजी सवारी साधन संचालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुऽावति शर्माले जानकारी दिइन् ।
थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साउन २५, २७ र २९ गते बिहान ६ बजेदेखि बिहान ९बजेसम्म बजेसम्म संचालन गर्न पाइनेछ । संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबै पसल पनि बन्द गरिने उनले बताइन् ।
बैंक तथा वित्तीय संस्थाहरु भने पूर्ण बन्द रहनेछन् । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी पनि साउन २५, २७ र २९ गते मात्रै पाउने भएका छन् ।
निषेधाज्ञामा एम्बुलेन्स बाहेक मोटरसाइकलसहित र सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।
तोकिएका क्षेत्र बाहेक अन्य सम्पूर्ण क्षेत्र बन्द रहने निर्णय भएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानून बमोजिक कारबाही हुने प्रशासनले जनाएको छ ।
गुल्मी जिल्लामा कोरोनाको दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ४१६ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप लागाउनेको संख्या ४३ हजार २६१ जना रहेका छन् ।
दोस्रो मात्रासमेत लगाउनेको संख्या ९ हजार ८९ जना रहेका छन् ।

