काठमाडौं उपत्यकामा थपिए सात सय ७० कोरोना संक्रमित

  • १८ श्रावण २०७८, सोमबार १८:१० मा प्रकाशित

  • काठमाडौं उपत्यकामा थप सात सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप सात सय ७० जनामा संक्रमण पुष्टि भएको हो।
    जसमध्ये काठमाडौंका पाँच सय ५६, ललितपुरका एक सय १५ र भक्तपुरका ९९ जना संक्रमित छन्।
    योसँगै उपत्यकामा थप आठ हजार आठ सय ९५ जना सक्रिय संक्रमित छन्।
    काठमाडौंमा छ हजार दुई सय ४, ललितपुरका एक हजार पाँच सय ४६ र भक्तपुरका एक हजार एक सय ४५ जना सक्रिय संक्रमित छन्।
    पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार एक सय २५ जनामा संक्रमण पुष्टि भएको छ। १३ हजार आठ सय ११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
    अहिले नेपालमा तीन हजार १६ सय २९ जना सक्रिय संक्रमित छन्।
    त्यस्तै, थप २३ जनाको मृत्यु भएको छ।

    Leave a Reply