
काठमाडौं
१४-भदौ/ नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा आज सोमबार भएको कार्यक्रममा नेता थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै तयारीमा लागिसकेको बताएका हुन् ।
आफूले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेको स्मरण गर्दै थापाले गौरवका साथ आउँदो महाधिवेशनमा पनि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू सकभर सर्वसम्मत उम्मेदवार हुने कोसिसमा रहेको र सर्वसम्मत हुन नसके प्रतिस्पर्धाका लागि पनि तयार भएको बताए ।
यसअघि १३ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका थापा डाक्टर शशाङ्क कोइरालासँग पराजित भएका थिए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मंसिरको ९ गतेदेखि काठमाण्डौमा हुँदैछ ।

