कास्कीमा जारी निशेधाज्ञा साउन २७ गतेसम्म लम्ब्याइयो

  • १९ श्रावण २०७८, मंगलवार १५:५२ मा प्रकाशित

  • कास्कीमा जारी निशेधाज्ञा साउन २७ गतेसम्म लम्ब्याइएको छ।
    जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण र मृत्युदर बढदै गएकाले साउन २७ गते राति १२ बजे सम्म लागू हुनेगरीको लागि लम्ब्याइएको हो। साउन ३ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
    सोमबार बसेको जिल्ला कोभिड- १९ व्यवस्थापन समितिबाट निर्णय भए अनुसार संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ बमोजिम  निषेधाज्ञालाई जारी राख्ने निर्णय भएको हो ।
    जिल्लाभर लागू हुने गरी निषेधाज्ञा निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
    अघिल्लो निर्णय अनुसार कास्कीमा बजार केही खुकुलो हुने गरि निर्णय गरेको थियो ।

    Leave a Reply