
नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।बैठकमा सुवास नेम्वाङले माधव नेपाल पक्षसँग भइरहेको वार्ताबारे जानकारी दिएका थिए।
‘नेम्वाङले वार्ता सकारात्मक भइरहेको जानकारी दिनुभयो। भोलि फेरि बसौं भनेपछि बैठक स्थगित गरिएको हो’, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने।
बैठक केहीबेर बसेर भोलि फेरि ३ बजे बस्नेगरी स्थगित भएको तामाङले बताए।

