बाढि पीडितलाई “अपन राधेमाई युवा क्लब ” द्वारा राहत सहयोग

  • २१ असार २०७८, सोमबार ०८:४८ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा
    बाढि पीडितलाई “अपन राधेमाई युवा क्लब ” द्वारा राहत सहयोग गरिएको छ। लगातारको अबिरल वर्षापछि वीरगंज महानगरपालिका वार्ड नं १० रानीघाटको होलिल्याण्ड स्कूल नजिक स्थानियको घरमा पानी पसेर समस्या भएकोले क्लव द्वारा राहत वितरण गरिएको छ।


    सिर्सिया खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा सयभन्दा बढी घर डुबानमा परेको थियो ।

    रासनको आवश्यकता परेको हुनाले हिजो रानीघाटमा रहेको क्लबका सदस्य राज यादवले बाढि पीडित को अवस्था बुझी केही बेरमै क्लव द्वारा १५ घर परिवारलाई एक महिना पुग्ने राहत वितरण गरिएको क्लबका अध्यक्ष पवन यादवले बताउनु भयो।

    १ बोरा चामल,२ किलो दाल,१ किलो चना, २.५ किलो आलु, ५०० ग्राम तेल, एक वटा र्तिपाल,२०० ग्राम सोयाबिन ,१ प्याकेट नून सहयोग गरिएको क्लबका अध्य्क्ष यादवले बताउनु भयो ।

    क्लबका अध्यक्ष यादवको नेतृत्वमा बाढी पीडितको लागि राहत वितरण गर्न गएको टोलिमा सचिव विनय कुशवाहा, सदस्य सुरज पटेल, सोनु पटेल,रुपेश चौरसिया ,प्रितम गुप्ता,राज यादवको ,बृजमोहन पाण्डेको उपस्थिति रहेको थियो ।

    क्लबका सचिव बिनय अनुसार कहिपनी बाढी पिडितलाई खानाको लागि राहतको आवश्यक भए हाम्रो “अपन राधेमाईको फेसबुक पेजमा मैसेज गर्दा हामी सहयोग गर्न प्रयास गर्छौ।

    हाम्रो क्लबका लागि घरको स्तम्भ जस्तो खडा उभिदिनू हुनको लागि ( Aid for living life) लाई हृदय देखि नै धन्यवाद छ । निरन्तर हामी जनता को सहयोगमा दिन रात तत्पर छौँ। यादवको भनाइ रहेको छ।

    Leave a Reply