बा आमालाई गुमाउँदा, रोएँ धुरु धुरु ! तिनै मेरो भाग्य दाता, अनमोल गुरु !!

  • ९ श्रावण २०७८, शनिबार १३:४० मा प्रकाशित
  • सम्पूर्ण गुरुवरमा हार्दिक समर्पण !

    बा आमालाई गुमाउँदा, रोएँ धुरु धुरु !
    तिनै मेरो भाग्य दाता, अनमोल गुरु !!

    तिन्को आशिष शिर बाट, कहिले झर्ने छैन !
    मेरो भाग्य म संगै छ, कतै सर्ने होइन !!
    मलाई मन्त्र सुनाउने, गुरु थिए प्यारा !
    दिव्य ज्ञान छोडी गए, छुन जून तारा !!

    अक्षारम्भ गराउदैं ,दिने शिक्षा दिक्षा !
    जिवीत सवै गुरु संग, माग्दैछु म भिक्षा !!
    छोई दिनु यो शिरमा, भक्ति भाव अर्पण !
    दिव्य सारा गुरुवरमा, शिर झुकाई नमन !!

    बा आमालाई गुमाउँदा, रोएँ धुरु धुरु !
    तिनै मेरा भाग्यदाता, अनमोल गुरु !!

    सुशील पराजुली, मकवानपुर

    Leave a Reply