प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस

  • ३१ असार २०७८, बिहीबार १६:०१ मा प्रकाशित
  • प्रतिनिधि सभाको अधिवेशन साउन ३ गते बोलाउन सरकारले सिफारिस गरेको छ।

    आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवकता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने प्रचलन छ। 

    सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले सात दिन भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन भनेको थियो।

    Leave a Reply