पर्सा जिल्लामा फेरि बल्तकारको घटना सार्वजनिक

  • २ श्रावण २०७८, शनिबार २२:२८ मा प्रकाशित
  • मेघराज राय, जिराभवानी साउन ०२,

    पर्साको ठोरी गाउँपालिकामा ४ दिन पछि बल्तकार को घटना सार्वजनिक भएको छ । ठोरी गाउँपालिका वार्ड नम्बर ५ सुवर्णपुरका ४८ वर्सिय सुनिल परियारले आफ्नै छिमेकी १३ वर्सिय एक बालिकालाई बलात्कार गरेको प्रहरीले जनएको छ। बालिकालाई असार २८ गते दिउँसो ३ बजे परियारले घरमा कोहि नभएको मौका छोपी बलात्कार गरेका हुन ।बलात्कार पछि किशोरीको स्वास्थमा असर देखिएपछी परिवार ले सोधपुछ गर्दा किशोरीले परियारको नाम लिएपछी घटना सार्वजनिक भएको प्रहरी चौकी सुवर्णका प्रहरी सहायक निरीक्षक इन्दिबर चौधरीले जानकारी दिनुभयो।
    बलात्कार को आरोप लागेका परियारलाई प्रहरीले तत्काल पक्राउ गरि आवश्यक कार्वाहीको लगी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी चौकी सुवर्णपुरले जनाएको छ। किशोरीका बुवा ७ वर्ष देखि बिदेशमा रहदै आएका छन भने आमा पनि नभएको र किशोरी र उनका भाइ हजुरबुबा संगै बस्दै आएका थिए।

    Leave a Reply