थप २,४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

  • ४ श्रावण २०७८, सोमबार १६:५१ मा प्रकाशित
  • ४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

    Leave a Reply