काठमाडौं उपत्यकामा थपिए ९ सय ९९ कोरोना संक्रमित

  • ११ श्रावण २०७८, सोमबार १६:५७ मा प्रकाशित

  • काठमाडौं उपत्यकामा थप ९ सय ९९ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।
    जसमध्ये काठमाडौंमा मात्रै ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन्।
    त्यस्तै मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ८ हजार ९ पुगेको छ। त्यसमध्ये काठमाडौंमा ५ हजार ९१०, ललितपुरमा १ हजार १६३ र भक्तपुरमा ९ सय ३६ संक्रमित सक्रिय छन्।
    पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४२१ जना संक्रमित थपिएका छन्। १७ हजार २७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
    यसको संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार ७३८ जना पुगेका छन्।
    सोमबार कोरोना संक्रमणबाट १ हजार ६८६ जना निको भएका छन्। 

    Leave a Reply