आफूलाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवाले भने- सर्वोच्चले विधिको शासन बचाएको छ

  • २८ असार २०७८, सोमबार १५:१३ मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएर विधिको शासन बचेको बताएका छन्।

    आज बुढानिलकण्ठस्थित निवासमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका देउवाले अदालत कसैको धम्कीदेखि नडराउने पनि बताए।

    फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको देउवाको भनाइ थियो।

    आजै सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

    उनले नयाँ सरकार गठनबारे सोधिएको प्रश्नमा ५ दलमा छलफलपछि निर्णय गरिने बताए। ‘गठबन्धनको बैठक छ, हामी ५ दल सल्लाह गर्दैछौं,’ उनले भने।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सिंहदरबारमा आज अपरान्ह ५ बजे गठबन्धनको बैठक हुने सेतोपाटीलाई बताए।

    copied:sdtopati

    Leave a Reply