विश्व भुटानी हिन्दू संगठन अमेरिकाद्वारा नेपालका गुरुकुललाई आर्थिक सहयाेग

  • ९ असार २०७८, बुधबार ०८:३१ मा प्रकाशित
  • विश्व भुटानी हिन्दू संगठन, अमेरिकाद्वारा पश्चिम नेपालका १७ वटा गुरुकुललाई प्रती गुरुकुल एघार हजार एकसय सत्ताइस रुपैया पच्चीस पैसा रकम आर्थिक सहयाेग गरेको छ ।

    काेराेना महामारीका कारण जारी निषेधाज्ञाका समयमा सृजित असहज परिस्थितिमा केही हदसम्म भएपनि राहत मिलोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको बुझिएको छ ।

    सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताका लागि दाङ जिल्लाकाे १३०० बर्ष पुरानाे ऐतिहांसिक सिद्ध रत्ननाथ मठ चाैघेरामा अनाैपचारिक रुपमा २ बर्ष अगाडि देखि संचालनमा आएको गोरखनाथ वैदिक गुरुकुलले २०७७ साल कार्तिक २५ गतेदेखि विधिवत मान्यता पाएको थियो। कक्षा ६ सम्म संचालनको मान्यता पाएको गुरुकुलले निरन्तर समाजमा विविध कृयाकलाप गर्दै प्राचार्य सन्ताेषी सुवेदीले बताउनुभयो ।

    गुरुकुलले आफ्नाे उद्धेश्य अनुरुपनै यस गुरुकुलले अन्य गुरुकुलहरु संग समन्वय गरेर सहयाेग जुटाउने, शैक्षिक तथा प्रशासनिक कार्य सन्चालन गर्ने भन्ने विषयमा पश्चिम नेपालका दूरदराजमा रहेका गुरुकुलहरुलाई एक जुट गराउने काम गरेकाे छ ।

    साथै यसले निङ्गलासैनि गुरुकुल,धनगढिलाई समेटेर गुरुकुल संरक्षण अभियान चलाउदै आएकाे छ भने भर्चुअल माध्यमबाट गुरुकुल, गाैशाला, पुस्तकालय तथा मठ, मन्दिर विषयक चर्चा ‘गाेरक्ष चिन्तन’ नामक कार्यक्रमबाट हरेक शुक्रबार साँझ ८ बजेदेखि सन्चालन गर्दै आईरहेकाे छ।

    गोरखनाथ वैदिक गुरुकुलका प्रमुख सल्लाहकार, आध्यात्मिक चिन्तक एवं अन्तर्राष्ट्रिय वक्ता डा.चिन्तामणि याेगिज्यूकाे सुझाव,सल्लाह र सकृयतामा अरुकाे खुसिकाे लागि पनि केही गर्ने र गराउने बातावरण वनाउने क्रममा विश्व भुटानि हिन्दू संगठन अमेरीकामा रहनुहुने संस्थाका अध्यक्ष कमल धिमालज्यू बाट सहयाेग जुटाई नेपालका उक्त गुरुकुलहरुलाई सहयाेग आएकाे गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले थप प्रष्ट पार्दै भन्नुभयो ।

    Leave a Reply