प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा १ दिने ‘आयुर्वेद सूचना प्रणाली व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम ‘ सम्पन्न

  • ११ असार २०७८, शुक्रबार २२:५९ मा प्रकाशित
  • बिजौरी,दाङ, ११ आषाढ
    लुम्बिनी प्रदेश अन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङमा १ दिने ‘आयुर्वेद सूचना प्रणाली व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम ‘ सम्पन्न भएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङको आफ्नै आयोजनामा तालिम शुक्रबार सन्चालन गरिएको थियो ।

    उक्त तालिम संचालन गर्नुको औचित्य एवं उद्देश्यका बारेमा प्रकाश पार्दै चिकित्सालयका नि.निर्देशक डा.गोकर्ण दाहालले आयुर्वेद चिकित्साकर्मीहरुले मरिमेटी काम चाहिँ गर्ने गरेको तर त्यसको गुणस्तरीय रेकर्डिङ रिपोर्टिङ हुन नसक्दा देखाउन नसकीरहेकोे अवस्था छ । त्यस अवस्थाको अन्त्य गर्न पनि यस तालिमको आवश्यकता रहेको औल्याउँनुभयो ।

    तालिम कार्यक्रमको समापनको क्रममा आफ्नो भनाइ राख्दै चिकित्सालयको अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतले तालिम राम्रो भएको र सोही अनुरुप सबैले चिकित्सालयबाट सम्पादित कार्यहरुको रेकर्डिङ र रिपोर्टिङ दुरुस्त राख्नुपर्ने बताउनुभयो । साथै उहाँले महामारीको यस घडीमा सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्दा चिकित्साकर्मीहरु सचेत रहन र स्वास्थ्यका न्युनतम मापदण्ड पालना गर्न सुझाउनु भयो ।

    चिकित्सालयको अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा सन्चालन भएको उक्त तालिममा चिकित्सालयका निमित्त निर्देशक डा.गोकर्ण दाहाल, डा.शिवराज सुवेदी लगायत चिकित्सालयको विभिन्न शाखाहरुमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीहरुको सहभागीता रहेको थियोे ।

    उक्त तालिम कार्यक्रममा आयुर्वेद सूचना प्रणाली व्यवस्थापन सम्बन्धमा सोही कार्यालयमा कार्यरत वरिष्ठ कविराज निरीक्षक एवं प्रशिक्षक वसन्त केसीले प्रशिक्षण दिनुभएको थियो । तालिम कार्यक्रमको संचालन रामकुमारी खड्काले गर्नुभएको थियो ।

    Leave a Reply