नेपाल पुगेपछि ५ दिन होटल र १० दिन होम क्वारेन्टाइन बस्नु पर्ने, अन्तर्राष्ट्रिय उडान सम्बन्धमा नेपाली दूतावास रियादको सूचना

  • १० असार २०७८, बिहीबार २२:०३ मा प्रकाशित
  • समर्पण रम्जान

    २४ जुन २०२१! साउदी अरब । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने तालिका सार्वजनिक गरे पछि साउदीअरबमा रहेका नेपालीहरुलाइ उडान सम्बन्धमा जानकारी दिदै नेपाली दूतावास साउदी अरबले पनि सूचना जारी गरेको छ ।

    दूतावास रियादले जनस्वास्थ्य सम्बन्धि मापदण्डको पुर्ण पालनाहुने गरि केही मुलुकबाट सिमित रुपमा हवाइ उडान गर्ने मन्त्रालयले जारी गरेको साप्ताहिक तालिका सहित सबैमा जानकारी गराएको छ ।
    जस अनुसार काठमाडौ दम्माम काठमाडौ हप्तामा दुई दिनको उडान राखिएको छ ।

    त्यस्तै अन्तर्राष्ट्रिय हवाई उडानतर्फ बिहीबार जुन २४ तारिखबाट उडान भर्ने मन्त्रालयको तालिकामा लेखिएको छ । मन्त्रालयका तालिकाअनुसार बिहीबार नेपाल एयरलाइन्सले कतार र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्ने भएका छन् । २५ जुनमा नेपाल एयरलाइन्सले जापानका लागि, सोही दिन एयर इन्डियाले दिल्ली-काठमाडौं उडान भर्ने छन् ।

    त्यसैगरी २६ जुनमा कतार एयरवेजले दोहा-काठमाडौं, टर्की एयरलाइन्सले इस्तानबुल-काठमाडौं र एयर अरेवियाले आबुधावी-काठमाडौं उडान भर्ने मन्त्रालयको तालिकामा छ । यस्तै २७ जुनमा नेपाल एयरलाइन्सले काठमाडौं-दोहा, हिमालय एयरलाइन्सले काठमाडौं-क्वालालाम्पुर र दुबईमा एक-एक उडान भर्ने छन् , भने सोही दिन कतार एयरलाइन्सले दोहा-काठमाडौं, र जजिरा एयरलाइन्सले कुवेत-काठमाडौं उडान भर्ने तालिकामा उल्लेख छ ।
    यस्तै २८ जुनमा हिमालय एयरलाइन्सले साउदीको दमाम, नेपाल एयरलाइन्स दुबई र कतार एयरवेजले दोहा-काठमाडौं उडान गर्ने, २९ जुनमा नेपाल एयरलाइन्सले दोहा, टर्किस एयरलाइन्स नेपाल आउने छन् ,भने सोही दिन फ्लाई दुबईले दुबई-काठमाडौं र ओमान-काठमाडौंका लागि सलाम एयरले उडान भर्ने छन् ।
    त्यसैगरी मन्त्रालयको तालिकामा ३० जुनमा जजिरा एयरवेजले कुवेत-काठमाडौं, नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहाका लागि उडान भर्ने छन् ।
    नेपाल जाँदा पछिल्लो ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रहेको रिपोर्ट र सिसिएमसी बारकोड अनिवार्य साथमा बोक्नु पर्ने र नेपाल पुगेपछि होटलमा ५ दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने पिसिआर रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टाइन बस्नेगरि घर जान पाइने दूतावासको सुचनामा जनाएको छ ।

    2 thoughts on “नेपाल पुगेपछि ५ दिन होटल र १० दिन होम क्वारेन्टाइन बस्नु पर्ने, अन्तर्राष्ट्रिय उडान सम्बन्धमा नेपाली दूतावास रियादको सूचना

    1. काम छोडेर बसेको पनि 1 महिना भै सक्यो।न कम्पनिले टिकट द्न्छ।भको पैसा पनो सक्की सक्यो।रियाद बाट नियमित उडान कहिले खुल्छ होला?र रह्यो क्वारेन्टाइन्को कुरा पैसा हुनेलेत पैसा तिरेर बस्ला।हामी जस्ता नहुनेले कसरी बस्नु क्वारेन्टाइन।बुझ्न नसकेको कुरा

    Leave a Reply